प्रतिनिधिसभा जित्ने महिला सांसदहरु

0
274

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम जारी छ, १ सय ३४ स्थानको मतपरिणाम जारी भैसक्दा ६ जना महिला विजयी भएका छन् । जसमध्ये ४ महिला वाम गठबन्धनका उम्मेदवार हुन् ।

प्युठानबाट जितेकी अर्की महिला उम्मेदवार दुर्गा पौडेललाई वाम गठबन्धनले सहयोग गरेको थियो ।

त्यस्तै चुनाव जित्ने अर्की महिला उम्मेदवार विना मगर हुन् । माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

यो मतगणनामा महिलाले जित्ने क्रम रोल्पा पूर्वबाट सुरु भएको थियो । त्यहाँ माओवादी उम्मेदवार कमला रोकाले जित हात पारेकी थिइन् ।

माओवादीकी पोलिट्व्यूरो सदस्य पम्फा भुसाल चुनाव जित्ने अर्की महिला हुन् । उनले ललितपुर तिनबाट कांग्रेसकै उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी हुन् ।

त्यस्तै एमालेकी पवित्रा निरौला झापाको क्षेत्र नम्बर २ बाट विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई हराएर निर्वाचित भएकी हुन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here