प्रदेश नम्बर २ मा राजपा र फोरमको वर्चश्व

0
415

काठमाडौँ, २५ मंसिर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् । देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ । हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ । राष्ट्रिय जनता पार्टी नेपालले ७ तथा संघीय समाजवादी फोरमले ६ वटा सिटमा जीत हासिल गरेको छ । दुई पार्टी क्रमशः ३ तीन स्थानमा अगाडि रहेका छन् । नेपाली काँग्रेसले हालसम्म ४ सिट जित्न सकेको छ ।

सप्तरी : यस जिल्लामा फोरमले २ तथा राजपा र नेपाली काँग्रेसले एक एक सिट जितेको छ ।

सिरहा : ४ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एकमा एमाले र एकमा राजपा विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा नेपाली काङ्ग्रेस र एकमा माओवादीको अग्रता रहेको छ ।

धनुषा : धनुषामा चार मध्ये एकमा राजापा र एकमा फोरम विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

महोत्तरी :  यहा एकमा माओवादी र एकमा राजपा विजयी भएको छ । बाँकी क्षेत्रमा राजपा र फोरमको अग्रता रहेको छ ।

सर्लाही : सर्लाहीमा हालसम्म एक सिटमा राजपा विजयी भएको छ । बाँकी २ सिटमा राजपा र एकमा माओवादी अगाडि छ ।

रौतहट : चार सिटमध्ये दुईमा काँग्रेस, एकमा माओवादी र एकमा राजपा विजयी भएको छ ।

बारा : यहाँ दुईमा फोरम र एक–एक सिटमा काँग्रेस र राजपा विजयी बनेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here