प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ

0
595

७ माघ, पोखरा । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् । लगतै प्रदेशसभाका जेष्ठ सदस्यलार्इ सपथ गराएका छन् ।

सहिदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । कार्यभार सम्हाल्न पुगेका कुँवरलार्इ नेपाली सेनाले सलामी दिएको थियो । सलामी ग्रहणपछि

प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउन भूमिका निर्वाह गर्ने बताए । ‘यो प्रदेशमा जलविद्युत र पर्यटनमा अथाह सम्भावना छ । मैले त्यो सम्भावना उजार गर्न अभिभावकीय भूमिका निर्वाह गर्नेछु’ प्रमुख कुँवरले भने, ‘मेरा कारणले विकास र समृद्धिमा कुनै जटिलता हुन दिने छैन ।’

प्रमुख कुँवरले संविधानले दिएको अधिकार प्रयोग गर्दै छिट्टै प्रदेश सभा गठन गरी बाटो फकाउँदै लैजाने बताए ।

ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले लिए सपथ

प्रदेश सभामुख निर्वाचित नहुँदासम्म प्रदेश सभा सञ्चालनका लागि ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने संविधानमा व्यवस्था भएबमोजित ज्येष्ठ सदस्यले आइतबार बिहानै सपथ लिएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेलगत्तै प्रदेश सभा ज्येष्ठ सदस्य जनलाल श्रेष्ठलाई सपथ खुवाए । एमालेको तर्फबाट नवलपुर क्षेत्र २ (२) बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन् ।

प्रदेश सभाको वैठकमा भाग लिनुअगाडि प्रदेश सभा सदस्यले निर्वाचन ऐन २०७४ को अनुसूची २ बमोजित प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिसँग सपथ ग्रहण लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले पहिलो पटक प्रदेश सभा गठन हुन लागेको र सभामुख तथा उपसभामुख निर्वाचित नभइसकेको अवस्थामा संविधानको धारा १८२ (५) मा निर्वाचित ज्येष्ठ सदस्यबाट काम कारबाही अगाडि बढाउन प्रदेश प्रमुखबाट सपथ लिनुपर्ने व्यवस्था छ ।

प्रदेश प्रमुखबाट सपथ लिएलगत्तै ज्येष्ठ सदस्य जनकलालले आफ्नो परिचय दिएका थिए ।

कास्कीका सिडिओ तारानाथ अधिकारीका अनुसार प्रदेश सभाका अन्य सदस्यहरुको सपथग्रहण आजै नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रलाई बनाइएको प्रदेश सभा कार्यालयमा हुनेछ । सपथ ग्रहण लिका लागि सबै प्रदेश सभा सदस्य कार्यालयमा भेला भएका छन् ।

प्रदेश ४ अन्तर्गत प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना सदस्य छन् । शपथ ग्रहणका लागि सदस्यहरु पोखरा आइसकेका छन् ।

अनलाईन खबरबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here