प्रदेश सभातर्फ समानुपातिकको नतिजा, कुन दललाई कति सिट ? (सूचीसहित)

0
257

काठमाडौं : निर्वाचन आयोगले प्रदेश सभा समानुपातिकतर्फको सिट बाँडफाँड गरेको छ । प्रदेश सभामा समानुपातिकतर्फ ७५ सिट पाएर एमाले सबैभन्दा ठुलो दल भएको छ ।

नेपाली कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्र्टी १२ सिट पाएका छन् । यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३-३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभामा समानुपातिक तर्फ २२० सिट रहेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १ मा एमालेले १५, नेपाली काँग्रेसले १३, माओवादीले ५, फोरमले २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १-१ सिट पाएका छन् ।

प्रदेश २ मा एमालेले ७, कांग्रेसले ११, माओवादी केन्द्रले ५, फोरमले ९, राजपाले १० र नेपाली संघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश ३ मा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३, राप्रपा, नेमकिपा र राप्रपा (प्रजातान्त्रिक)ले १-१ सिट जितेका छन् । प्रदेश ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १-१ सिट पाएको छ । प्रदेश ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, फोरमले २ तथा राप्रपा र राजपाले १-१ सिट जितेका छन् ।

प्रदेश ६ मा एमालेले ६, कांगेसले ५, माओवादीले ४ र राप्रपाले १ सिट पाएको छ । प्रदेश ७ मा एमालेले ८, कांग्रेसले ८, माओवादीले ४ र राजपा र राप्रपाले १-१ सिट जितेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here