प्रदेश ३ मा एमालेको बहुमत, वाम गठबन्धनको दुई तिहाइ

0
352

२९ मंसिर, काठमाडौं । प्रदेश ३ मा नेकपा एमालेको एकल बहुमत पुगेको छ भने वाम गठबन्धनले दुई तिहाई बहुमत पुर्‍याएको छ । यो ११० सदस्यीय प्रदेशभामा हुनेछ, जसमा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् ।

समानुपातिकतर्फ पनि एमाले ठूलो दल बनेको छ । यो प्रदेशमा एमालेले १७ सिट पाउने भएको छ भने कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ । यसरी हेर्दा प्रदेश ३ को प्रदेशसभामा ७ पार्टीको उपस्थिति हुने भएको छ ।

तर एमाले एक्लैको प्रष्ट बहुमत पुगेको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ । यस्तै प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट दुई तिहाई बहुमत पुगेको छ । प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट हुनेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here