प्रधानन्यायाधीशमा राणाको नाम सर्वसम्मत अनुमोदन

0
403

प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ । मङगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले राणाको नाम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए । राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।

राणाले न्यायाधीश हुँदा गरेका फैसला विवादित रहेकाले उनलाई प्रधानन्यायाधीश बनाउन नहुने मत रहँदै आएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here