नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा, निर्वाचनको मतपरिणाम घोषणा र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको फिर्ताको माग गर्दै गरेको प्रदर्शनका क्रममा झडप भएको छ।
राजधानीको त्रिचन्द्र क्याम्पस नजिकै झडप भएको हो। प्रहरीले विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेपछि लाठी चार्ज र अश्रु ग्यास प्रहार गरिएको जनाएको छ। अनेरास्वियूका प्रवक्ता आरसी लामिछानेले भने प्रधानमन्त्री देउवाको राजीनामा माग्दै नाराबाजी भैरहेको बेला प्रहरीले लाठी चार्ज गरेको बताए।
उनले प्रहरीको आक्रमणबाट दर्जनौँ विद्यार्थी घाइते भएको बताए। विद्यार्थीहरुले निर्वाचन परिणाम सार्वजनिक नगरेको भन्दै विरोध गरेका हुन्। सो क्षेत्रमा अहिले पनि अवस्था तनावग्रस्त छ।