प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका छन्।

बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जानकारी दिइन्।

‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्यस्तताले बाहिर जान सम्भव भएन। त्यसैले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ उनले भनिन्,‘ रगतको नमूना लिने र एक्सरे गर्ने काम भइरहेको छ। उहाँको फुल बडी चेकअप गरेरमात्र अस्पतालबाट पठाउँछौं।’

डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरिएको थियो। उनले मृर्गौैला प्रत्यारोपणपछि खानुपर्ने र सुगरको औषधि पनि लिइरहेका छन्।

सन् २०१४ मा ओली फंगल म्यानेजाइटिसको उपचारका लागि उनी बैंकक गएका थिए। त्यसको फलोअपका लागि उनी पछि दुई पटक बैंकक गएका थिए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here