प्राइम बैंकको २७ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

0
589

गतआर्थिक बर्षको मुनाफाबाट २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको प्राइम कमर्सियल बैंक (PCBL) ले साधारणसभा प्रयोजनका लागि पुस ५ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको लाभांस पाउन र साधारण सभामा भाग लिन पुष ४ गतेसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।

बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त साधारणसभाले संचालक समितिको निर्वाचन समेत गर्ने बैंकले जनाएको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले लगानीकर्ताको थाप्लोमा कर बोकाउने निर्णय गरेको छ । बैंकले गत वैशाख १७ गते भन्दा पछाडी बनेका शेयरधनीले लाभांस वापतको कर आफै तिनुपर्ने जनाएको छ । ०७४ बैशाख १७ गते सम्म कायम शेयरधनीले भने लाभांस वापतको कर छुट पाउनेछन् ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here