प्रिमियर इन्स्योरेन्सको एफपीओ खुल्यो

0
639

प्रिमियर ईन्स्योरेन्स (PIC) ले आजदेखि साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो । कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

दोस्रो बजारमा यस कम्पनीको साधारण सेयरको मूल्य १३८६ रुपैयाँ हाराहारीमा रहेको छ । गत बर्षको लाभांश पनि बितरण हुन बाँकी रहेकोले एफपीओमा सेयर पाउनेले उक्त लाभांस समेत पाउनेछन् । कम्पनीले जम्मा साढे ६ लाख कित्ता एफपीओ निष्कासन गरेकाले सबै आवेदकलाई दश कित्ता बाढ्नु पर्ने भएकाले १० कित्ताका लागि मात्रै आवेदन गर्नु राम्रो हुनेछ । धेरै आवेदक हुने भएकाले दश कित्ता सेयर पाउन पनि गोलाप्रथाको भर पर्नुपर्ने छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here