प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्बसम्मत

0
27

एमाले निकट प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन भएका छन् ।  बिहीबार सम्पन्न चौथो अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो । 
शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्मत चयन भएका छन् । 
त्यसैगरि सदस्यहरूमा सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की रहेका छन् भने दुई सदस्यपछि थप हुनेछन्

Facebook Comments

comments