फाइनलमा अंशुमनले एकै ओभरमा दिए ३६ रन

0
609

एभरेष्ट प्रिमियर लिग अन्तर्गत फाइनलमा विराटनगर वारियर्सका अंशुमन रथको बलिङमा भैरहवा ग्लाडियटर्सले ३६ रन बनाउन सफल भएको छ। आठौं ओभर लिएर बलिङमा आएका अंशुमन रथले एकै ओभरमा ३६ रन खर्चेपछि पहिलो पारीमा १४९ रन बनाएको विराटनगर दबावमा परेको थियो ।

लक्ष्य पछ्याउने क्रममा ७ ओभरको समाप्तीमा भैरहवाले १ विकेट गुमाएर ८० रन बनाएको थियो । पहिलो बलमा भैरहवाका भारतीय खेलाडी सालिन्केले १ रन लिएपछि शरद भेषावकर स्ट्राइकमा आएका थिए। अंशुमनको फुलटस दोस्रो बलमा शरदले चौका प्रहार गरे।

नर्भस देखिएका अंशुमनले तेस्रो बल निकै छोटो(सट) फाले र उक्त बलमा पनि शरदले छक्का प्रहार गरे। नर्भस अंशुमनले चौथो बलमा वाइड फाले। पुनः चौथो बल फालेका उनले नो बल फाले। फ्रि हिट पाएका शरदले पुनः छोटो बल पाए र छक्का प्रहार गरे। पाँचौ बलमा कुनै रन हुन सकेन। छैटौं बल अंशुमनले पुन: वाइड फाले। पुनः सोही बल फालेका उनले नो बल फाले। फ्रि हिट शरदले अर्को छक्का प्रहार गरे।

दर्शकले निकै भरिभराउ मैदानमा निकै नर्भस देखिएका अंशुमनले चौथो पटक निकै कमजोर अन्तिम बल फाले र त्यसमा पनि शरदले छक्का प्रहार गर्दै ओभरबाट ३६ रन बटुले।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here