फिफा रेफ्री अञ्जना राई एएफसी एलिट महिला रेफ्री प्यानलमा

0
49

एएफसी महिला रेफ्री र सहायक रेफ्री सेलेक्सन कोर्स पूरा गरेपछि फिफा रेफ्री अञ्जना राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको छ।

एएफसीले शुक्रबार नेपालकी राईलाई प्यानलमा समावेश गरेको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठाएको छ।

प्यानलमा समावेश भएसँगै राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्सका लागि आमन्त्रण गरिनेछ।

यो कोर्स आगामी नोभेम्बरमा हुने तय छ।

राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेका थिइन्।

Facebook Comments

comments