फिल्म एन्ड टिभी स्कुल सञ्चालन

0
31

चर्चित टक शो ‘भीएफवाई टक्स’ का निर्माता दशरथ सुनारले ‘नेसनल फिल्म एन्ड टिभी स्कुल’ सञ्चालनमा ल्याएका छन् । चाबहिलमा आइतबार देखि सञ्चालनमा आएको उक्त स्कुल फिल्म तथा टेलिभिजनका विभिन्न विषय अध्ययन गराइने स्कुलका प्रमुख सुनारले जानकारी दिए ।

सुनारका अनुसार कलेजमा व्यक्तित्व तथा नेतृत्व सिपका कोर्स समेत पढाइ हुनेछ । ‘स्कुलमा फिल्म र टिभीको मात्र नभई यहाँ व्यक्तित्व तथा नेतृत्व विकासका विभिन्न कोर्स समेत पढाइ हुनेछ’, उनले भने, ‘केही समयपछि त्रिभुवन विश्वविद्यालयका कोर्स पनि पढाउने तयारी गरेका छौं ।’

विद्यालयको उद्घाटन महानायक राजेश हमाल, मोडेल नीति शाह र आईआई एफटी स्कुल अफ फेसन एन्ड इन्टेरियरका निर्देशक तथा कोरियोग्राफर विपना थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा हमालले वर्तमान समयमा फिल्म अध्ययन तर्फ युवा पुस्ताको आकर्षण बढ्दो भएको बताए ।

‘हाम्रो समयमा यस्ता स्कुलहरूको कमी थियो । अहिले औपचारिक रूपमा फिल्म अध्ययन गराइने स्कुल खुल्नु चलचित्र क्षेत्रका लागि खुसीको विषय हो’, उनले भने । स्कुलमा गेस्ट लेक्चरका रूपमा समेत हमाल उपस्थित हुने भएका छन् । कार्यक्रममा स्कुलका अर्का निर्देशक मधुसुधन थापाले पनि युवाको चाहना अनुरुप नै स्कुल सञ्चालन गर्ने बताए ।

Facebook Comments

comments