फिल्म ‘पद्मावत’मा प्रतिबन्ध नलगाइए सामूहिक अात्मदाह गर्ने चेतावनी

0
676

मुम्बर्इ, ३ माघ । संजय लीला भंसालीकाे विवादित फिल्म ‘पद्मावत’ रिलिज हुनुभन्दा पहिले राजस्थानमा फेरि विराेध प्रदर्शन भएकाे छ ।

फिल्म ‘पद्मावती’ काे नाम फेरेर ‘पद्मावत’ गरिएपनि राजस्थानकाे धाैलपुरमा करणी सेनाले शक्ति प्रदर्शन गर्दै फिल्मलार्इ पुरै इंडियाभरि प्रतिबन्ध लगाउनु पर्ने माग गरेकाे हाे । २५ जनवरीमा फिल्म रिलिज हुँदैछ ।

करणी सेनाका कार्यकर्ताहरूले फिल्मकाे प्रदर्शनीमा प्रतिबन्ध नलगाइए सामूहिक अात्मदाह गर्ने चेतावनी दिएका छन् । करणी सेनाले उत्तर प्रदेशकाे याेगी अादित्यनाथ सरकारले पनि फिल्‍ममा प्रतिबन्ध लगाअाेस् भन्ने चाहेकाे बताएकाे छ ।

उनीहरूले यसअघि हरियाणाका मुख्यमंत्री मनाेहरलाल खट्टरसँग पनि फिल्मलार्इ राेक लगाउन अाग्रह गरिसकेका छन् । करणी सेनाले १४ जनवरीमा गृहमंत्री राजनाथ सिंहलार्इ भेटी प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ देशभर उक्त फिल्म प्रतिबन्ध लगाउन पनि अनुराेध गरेका छन् ।

२५ जनवरी भारतमा गणतन्त्र दिवस मनाइन्छ । साेही दिन उक्त विवादित फिल्म रिलिज भएमा गणतन्त्र दिवस समाराेह एक कालाे दिनकाे रूपमा बदलिने चेतावनी दिइएकाे छ । २२ जनवरीदेखि नै देशभरका राजपूतहरू एकत्रित भएर दिल्लीकाे अासपास पनि ठूलाे प्रदर्शन गरिने बताएकाे छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here