हाईलाईट नेपालले चलचित्र ‘Romeo & Muna ‘ को ‘Sandwich me ‘ बोलको गितको भिडियो सार्वजनिक गरेको छ ।
केही दिन पहिले मात्र फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । सवा एक मिनेट लामो टिजरमा एनिमेटेड कार्टुनको प्रयोग गरिएको छ। जसमा दुई चरालाई प्रेम जोडीको बिम्बको रुपमा प्रयोग गरिएको छ।
नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा छन्। फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मको हाल पोस्ट प्रोडक्सनको काम चल्दैछ।