फिल्म ‘सेतो सूर्य’ पुनः प्रदर्शनमा

0
585

फिल्म ‘सेतो सूर्य’ पुनः प्रदर्शनमा आएको छ। दिपक रौनियार निर्देशित फिल्म शुक्रबारबाट पुनः प्रदर्शनमा आएको हो।

अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको याे फिल्म सन् २०१६ मा प्रदर्शनमा आएको थियो। फिल्मले काठमाडौंका मल्टिप्लेक्सहरुमा सो पाएको छ।

‘सोसियो ड्रामा’ फिल्म सेतो सुर्यलाई निर्देशक दीपक रौनियारले नै लेखेका हुन्। यो फिल्ममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतको अभिनय रहेको छ।

८८ मिनेट लामो यो फिल्म ७० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here