फुटबलर बने लाइबेरियाको नयाँ राष्ट्रपति

0
647

१४ पुस, काठमाडौं । चेल्सी, म्यानचेष्टर सिटी र एसी मिलानका पूर्व स्ट्राइकर जोर्ज वेह लाइबेरियाको राष्ट्रपति निर्वाचित भएका छन् । ५१ वर्षीय वेहले सन् १९९५ मा बालोन डि’ओर जितेका थिए । उनी बालोन डि’ओर जित्ने पहिलो पटक गैरयुरोपियन फुटबलर हुन् । उनले १८ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई २००३ मा विश्राम दिएका थिए ।

फुटबल छाडेपछि राजनीतिमा प्रवेश गरेका उनी लाइबेरियाको संसद सदस्य बने । लाइबेरियाको राष्ट्रिय निर्वाचन आयोगले वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । ९८.१ प्रतिशत मत गणना भएको छ र वेहले ६१.५ प्रतिशत मत पाएका छन् ।

उनले एलेन जोनसन सर्लिफको ठाउँ लिनेछन्, जो अफ्रिकाकै पहिलो निर्वाचन महिला राष्ट्रपति हुन् । उनी वेहलाई नै पराजित गरेर २००५ मा राष्ट्रपति बनेकी थिइन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here