फ्लोरिडामा १ सय ४३ यात्रु बोकेको जहाज अवतरण क्रममा चिप्लिएर नदीमा खस्यो

0
238

अमेरिकाको फ्लोरिडामा १ सय ४३ जना यात्रु बोकेको बोइङ जहाज रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको छ।

चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राती अवतरण क्रममा हावाहुन्डरी आएपछि हुत्तिएर पानीमा अवतरण हुन पुगेको बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार जहाजमा १ सय ३६ जना यात्रु र ७ जना कर्मचारी थिए। जहाजमा धेरै नै क्षति भएको छ भने कम्तीमा २० यात्रु सामान्य घाइते भएका छन्। उनीहरूलाई नजिकैका अस्पतालमा उपचारका निम्ति पठाइएको छ।

मायामी एअर इन्टरनेशनलको सञ्चालनमा रहेको उक्त जहाज क्युबाको गुवान्टान्मो बेबाट उडेको थियो। यसको गन्तव्य फ्लोरिडाको ज्याकसोनभिला सहरस्थित आर्मी क्याम्प थियो।

ठूलो हावाहुन्डरी आइरहेका बेला अवतरण भएपछि जहाज चिप्लिएर क्याम्प नजिकैको सेन्ट जोन्स नदीमा पुगेको यात्रुहरूले बताएका छन्।

यात्रुका अनुसार जहाज भुइँमा नराम्ररी बजारिएर उफ्रेको थियो। पाइलटले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको जहाज दुई-तीन पटक उफ्रेको यात्रुहरूको भनाइ छ।

‘हामी पानीमा पुगिसकेका रहेछौं। तर हामी नदीमा थियौं वा समुद्रमा भन्ने यकिन भएन,’ एक यात्रुले भनेकी छन्, ‘पानीमा जहाजबाट तेल चुहिएर आएको गन्ध भने आइरहेको थियो।’

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here