बढ्यो, ताथलीमा चोरी, सतर्कता अपनाउने कि ?

0
1003

ताथली भक्तपुर । पछिल्लो हप्तामा मात्र ताथलीका विभिन्न ठाउँमा चोरीका घटना भएको प्रहरीले जनाएको छ ।
गत हप्तामात्र ताथलीको नाला सडकसँगैको एक घरबाट दिउँसै आठ तोला सुन चोरीको घटना सेलाउन नपाउँदै गत शुक्रबार पनि ताथलीमा चोरी भएको छ । गत शुक्रबार ताथलीका प्रमोद भण्डारीको घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना ४ तोला, मोबाइल १ थान गरी करिब २ लाख ६७ हजार रुपियाँ बराबरको धनमाल चोरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले चोरहरु कोठाको झ्यालबाट भित्र पसेको खुलेको छ । प्रहरीले अनुसन्धान जारी रहेको भने पनि अझ सम्म पनि केही प्रगति हुन सकेको छैन । यसरी चोरी भएको सन्दर्भमा ताथलीवासी सतर्क रहनुपर्ने देखिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here