साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ७ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजाबी गोल्ड प्रति तोला ५५ हजार ६ सयमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघले आज आइतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ९ सय २५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ६ सय ७० रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपियाँ कायम गरेको छ।