बसपार्कको गेष्ट हाउसमा दुई युवायुवती मृत फेला

0
269

नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा बसेका एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन्। कोठा नम्बर १११ मा बसेका चितवनका यमबहादुर मगर र मकवानपुरकी सबिना बजगाईं बुधबार मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार राति सो गेस्टहाउसमा बसेका उनीहरू बुधबार अबेरसम्म बाहिर ननिस्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा उनीहरू अलग अलग स्थानमा मृत फेला परेको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

‘युवती खाटमुनि र युवा खाटमाथि मृत भेटिएका हुन्, के कारणले मृत्यु भएकोबारे अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक सिंहले भने। सिंहका अनुसार कोठामा उडुस मार्न प्रयोग हुने विषादी भेटिएको छ। मदिराका बोत्तलहरू बरामद भएका छन्।

‘विषादीका कारण हो या अन्य केही कारण पोस्टमार्टमपछि पत्ता लाग्ने छ,’ सिंहले भने। दुबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे परिसर, महानगरीय प्रहरी अपराध महाशाखा, फरेन्सिक महाशाखाको टोलीले अनुसन्धान थालेको छ। दुबै विवाहित हुन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here