झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन । पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक ।
सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै ब्यबसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन। संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटी बाट गित संगीत सिकेकी सुशिला छ्टो समयमा नै चर्चा कमाउन सफल भएकी छिन ।
पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न तथा पुर्बको ढुक ढुकी बन्न सफल गायिका अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाउदै गएकी तथा नेपाल भित्र मात्र नभएर बिदेशमा समेत दर्जनौ कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लाखौ नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल हुदै गएकी छिन ।
गायिका शुशिला सांगीतिक क्षेत्रमा उदाउदो नक्षत्रको रुपमा सांगीतिक प्रेमी नेपालीहरु बीच परिचित हुदै गएकी पनि छिन।