मंसिर,१०गते । जति सुकै आश्वासन बाडे पनि बाँदरमुढे पीडितले अझै प्रचण्डलाइ स्वीकार गरेका छैनन्र । चितवन क्षेत्र नं।३ बाट प्रतिनिधि सभाको उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ पिडतले आज कालो झण्डा देखाउने तयारी गरेका थिए । प्रचण्ड चुनावी मैदानमा उत्रिएपछि माडीका बाँदरमुढे पीडित उच्च निगरानीमा परेकै थिए ।

प्रचण्ड माडी पुग्दा जहिल्यै पनि बाँदरमुढे पीडितलाई उच्च निगरानीमा राख्ने गरिएको छ । आज९आइतबार० विहानै पनि माडी पुगेका प्रचण्डलाई बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसिएलको उच्च निगरानीपछि उनीहरुले बिरोध प्रदर्शन गर्न सकेनन् । बाँदरमुढे घटना पीडितका अनुसार प्रचण्ड माडी आउनसाथ पीडितहरुलाई सुरक्षा संयन्त्रले घेर्ने गरेको छ ।

स्थानीय स्तरका माओवादीका नेता तथा कार्यकर्ताहरुले पीडितहरुलाई प्रचण्डविरुद्ध बोले मार्ने सम्मको धम्की दिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सह(संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here