बाघको आक्रमणबाट बच्चाको निधन

0
270

सूर्य्विनायक नगरपालिका–७ गुण्डु पानीट्याङ्की स्थित चितुवा८को आक्रमणबाट बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिरिस तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको हो ।
बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामूदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए।
चितुवाले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए। चितुवालेबालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here