रियल मड्रिडलाई बार्सिलोनाले ३-० ले हरायो

0
351

मेसी, सुआरेज र एलेक्सले गोल गरेपछि ‘अल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडमाथि बार्सिलोनाले सानदार जित हात परेको छ। रियल म्याड्रिडको सान्टियागो बेर्नाबेउ रंगशालामा पहिलो हाफसम्म गोल रहित खेलमा ५४ औं मिनेटमा स्वारेजको गोलले बार्सिलोनाले खेलमा अग्रता लियो।

रियल म्याड्रिड डिफेन्डर डानीले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई मेसीले गोलमा परिणत गरे। यसैबीच हातले बल रोकेको भन्दै डानीले रातो कार्ड पाए र म्याड्रिड ६२ मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मेसीको पासमा भीडालले गोल गर्दै बार्सालाई ३-० को स्पष्ट जित दिलाए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here