बुटवलमा भेटिए सुर्खेतबाट हराएका तीन बालिका

0
485

बेपत्ता भएका भनिएका सुर्खेतका तीन बालिका फेला परेका छन्। सिम्ता गाउँपालिकाका १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री, उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री शनिबार साँझ बुटवलमा फेला परेका हुन्।

परिवारले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा बुटवलको बसपार्कस्थित एक होटलमा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार उनीहरुलाई आइतबार सुर्खेत ल्याइँदै छ।

सिम्ता गाउँपालिका–५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ति बालिका यही पुस १० गतेदेखि हराएका थिए।

यमुना खत्रीको फुपुको घर बुटवल भएको र त्यहाँ जानका लागि उनीहरू गएको हुनसक्ने आफन्तले अनुमान गरेका छन्।

ती बालिका बुटवलमा एकजनाको संरक्षणमा रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरज चौलागाईंले बताए। बालिकासहित संरक्षकत्व लिएका मानिसलाई पनि अनुसन्धानका लागि सुर्खेत बोलाइएको उनले जानकारी दिए।

ती बालिकाहरुका बाबु रोजगारीका लागि भारतमा छन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here