बुढासुब्बा गोल्डकप : आज पुलिस र काँकडभिट्टा भिड्दै

0
641
सुनसरी : धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार हुने तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्बल र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुँदैछ। खेल प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो तीन बजे सुरु हुने अायोजकले जनाएको छ।
पोखरामा भर्खरै सम्पन्न आहारारा गोल्डकपको उपाधि चुमिसकेको पुलिस र झापा–११ का अधिकांश खेलाडी समावेश काँकडभिट्टाबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यी दुई बीचको खेलमा विजयी हुने टिमले संकटा क्लबसँग बुधबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
संकटा उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बललाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ। माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशी पाहुना टोलीसहित अाठ टिम सहभागी छन्। प्रतियोगिता विजेताले छ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

Facebook Comments

comments