त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ।
प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।
अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ,’ अधिकारीले भने।
जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।