बैंकका सहायक कम्पनीले पनि ब्रोकर लाइसेन्स पाउने भएपछि लगानीकर्ता उत्साहित,तीन तहकाे ब्राेकर इजाजत पत्र वितरण अविलम्व गर्न माग

0
36

नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीले समेत ब्रोकर लाइसेन्स पाउनेगरी धितोपत्र नियमावली २०६४ को मस्यौदा स्वीकृत गरेपछि लगानीकर्ता संगठनहरु उत्साहित देखिएका छन्। लगानीकर्ताका तीनवटा संगठनले धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाका सहायम कम्पनीलाई ब्रोकर लाइसेन्स प्राकृतिक व्यक्ति र संस्थालाई समेत ब्रोकर लाइसेन्स पाउने गरी नियमावली संशोधन हुने भएपछि लगानीकर्ताले त्यसको स्वागत गरेका छन्।

उक्त व्यवस्था कार्यन्वयनमा गए पूँजी बजारको विकास र विस्तारमा कोशे ढुँगा सावित हुने विज्ञप्तिमा उल्लेख छ। यसको कार्यन्वयनको लागि प्रधानमन्त्रीलाई समेत आग्रह गरेका छन्।

Facebook Comments

comments