ब्राजिलियन फुटबलर रोनाल्डिन्होले लिए सन्यास

0
547

एजेन्सी । ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले फुटबल खेल जीवनबाट सन्यास लिएका छन् ।

सन् २०१५ देखि सक्रिय फुटबलमा नखेलेका ३७ वर्षीय रोनाल्डिन्होले सन्यास लिने घोषणा गरेका हुन् ।

सन् २००२ मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दा रोनाल्डिन्होले प्रभावशाली प्रदर्शन गरेका थिए । उनले सन् २००५ मा फिफा बालोन डिओर अवार्ड जितेका थिए । यस्तै सन् २००६ मा स्पेनिस क्लब बार्सिलोनाका लागि उनले युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।

सन् १९९९ मा ब्राजिलको राष्ट्रिय टिममा डेब्यु गरेका उनले ९७ क्याप जित्दै ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here