भक्तपुरको डा. इवामुरा अस्पताल नजिकै एक युवक मृत फेला

0
516

दुई दिन अगाडि देखी हराई रहेका भक्तपुर नगरपालकिा वगडा नम्बर ७ बंशगोपाल निवासी ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको छ ।

उनी दुई दिन अघि भक्तपुरको वंशगोपालबाट हराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए । मानन्धर आइतबार सल्लाघारी स्थित डा. इवामुरा अस्पताल नजिक झाडीमा मृत अवस्थामा भेटिएका हुन् ।

शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानका क्रममा उनको बारेमा पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनाको बारेमा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

श्रोत : AP1 TV

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here