भक्तपुरमा ९ बजेदेखि मतगणना हुने

0
323

भक्तपुर, २२ मंसिर । भक्तपुरमा अहिले ९ बजेदेखि मतगणना शुरु हुने भएको छ । आज विहान ७ बजेदेखि शुरु गर्ने भनिएको गणना हिजो साँझ बसेको सर्बदलिय बैठकले ९ बजेबाट गणना शुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं १ को प्रतिनिधी र प्रदेश सभाको मतगणना खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा हुनेछ । क्षेत्र नं २ को प्रतिनिधी र प्रदेश सभाको मतगणना मध्यपुरको बोडे स्थित कृषि विकाश बैंकको तालिम केन्द्रमा हुने छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here