भक्तपुर क्षेत्र नं. १ मा काँग्रेसको अग्रता, क्षेत्र नं २ मा भर्खर सुरु

0
510

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं. १ प्रतिनिधी सभाको अहिले सम्मको मत परिणाम अनुसार काँग्रेसले अग्रता लिएको छ  । २ हजार ८ सय ४७ मत गन्दा सम्म काँग्रेसका बाबुराजा जोशीले १ हजार १ सय ५१ र नेमकिपाका प्रेम सुवालले ९ सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ४ सय ६० मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा मतगणना प्रक्रिया सुरु भएको छ । निर्वाचनका दिन हिजो बालकोटमा भएको तोडफोडको बिषयलाई लिएर लोकतान्त्रिक गठबन्धनले विवाद सृजना गरेको कारण साँझ ५ बजे मात्र मतगणना सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी द्रोण पोख्ररेलको अध्यक्षतामा बसेको बैठकले उक्त घटनामा दोषीलाई कारवाही गर्ने सहमति भएपछि मात्र मतगणना सुरु भएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here