भक्तपुर क्षेत्र नं. १ र प्रदेश ‘ख’ मा नेमकिपा तथा प्रदेश ‘क’ मा एमालेको अग्रता

0
195

२४ मंसिर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधी सभाको सदस्यमा नेमकिपाको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेट अनुसार नेमकिपाका प्रेम सुवालले ११ हजार ८ सय ६, काँग्रेसका बाबुराजा जोशीले ८ हजार ३ सय ५२ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ७ हजार २ सय ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, भक्तपुर क्षेत्र नं १ को क प्रदेश सभामा एमालेको अग्रता कायमै रहेको छ । एमालेका हरिशरण लामिछानेले ६ हजार ७ सय ३४, काँग्रेसका जीवन खत्रीले ४ हजार ६ सय ३४ र नेमकिपाका निरज लवजुले १ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् ।

यस्तै, भक्तपुर क्षेत्र नं १ को ख प्रदेश सभामा नेमकिपाको अग्रता कायमै रहेको छ । नेमकिपाका सुरेन्द्रराज गोसाईले १० हजार ६ सय २६ र बामगठबन्धनका रोमन सिलाकारले ३ हजार १ सय मत प्राप्त गरेका छन् । यस्तै, काँग्रेसका अनिल भुजुले २ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here