भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी

पूर्व सभामुख दमननाथ ढुंगानालाई एमालेका महेश बस्नेतले पछारे

0
413

भक्तपुर, २४ मंसिर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभामा एमालेका उम्मेदवार महेश बस्नेत फराकिलो मत अन्तरले विजयी भएका छन् । नेकपा एमालेका पुर्व मन्त्री तथा युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् । बस्नेत १७ हजार ७ सय २५ मतान्तरले विजयी भएका हुन् । बस्नेतले ३६ हजार ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत प्राप्त गरे । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ५ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् ।

यस्तै, भक्तपुर क्षेत्र नं २ को क प्रदेश सभामा एमालेका शशीजंग थापा विजयी भएका छन् । थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४ सय मतान्तरले हराएका हुन् । एमालेका शसिजंग थापाले १९ हजार ५ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले ९ हजार १ सय १५ मा चित्त बुझाएका छन् । यस्तै, नेमकिपाका सरोजराज गोसाईंले २ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् ।

यसैगरी, भक्तपुर क्षेत्र नं २ को ख प्रदेश सभामा पनि एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई २ हजार ६ सय ९१ मतान्तरले हराएका हुन् । एमालेका राजेन्द्रमान श्रेष्ठले १४ हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गणेशमान चक्रधरले ११ हजार ५ सय ३८ मा चित्त बुझाएका छन् । यस्तै, नेमकिपाका प्रेमजन थापाले २ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here