भक्तपुर क्षेत्र १ को ताजा मत परिणाम

0
398

२३ मंसिर, भक्तपुर क्षेत्र नं १ प्रतिनिधी सभाको अहिले सम्मको मत परिणाम अनुसार काँग्रेसको अग्रता कायमै रहेको छ । प्राप्त सूचना अनुसार ११ हजार ५ सय ९५ मत गन्दासम्म काँग्रेसका बाबुराजा जोशीले ३ हजार ६ सय २९ र नेमकिपाका प्रेम सुवालले ३ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै, बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, भक्तपुर क्षेत्र नं १ को क प्रदेश सभामा एमालेको अग्रता रहेको छ । उनका अनुसार हालसम्म ६ हजार १ सय ३३ मत गन्दासम्म एमालेका हरिशरण लामिछानेले ३ हजार २ र काँग्रेसका जीवन खत्रीले २ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । यस्तै, नेमकिपाका निरज लवजुले ४ सय १६ मत प्राप्त गरेका छन् ।
यस्तै, भक्तपुर क्षेत्र नं १ को ख प्रदेश सभामा नेमकिपाको अग्रता रहेको छ । उनका अनुसार ६ हजार ७ सय ४६ मत गन्दासम्म नेमकिपाका सुरेन्द्रराज गोसाईले ३ हजार ५ सय ९९ र बामगठबन्धनका रोमन सिलाकारले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै, काँग्रेसका अनिल भुजुले १ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here