भक्तपुर क्षेत्र १ को पछिल्लो ताजा अपडेट

0
267

भक्तपुर, २४ मंसिर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधी सभाको सदस्यमा नेमकिपाको अग्रता कायमै रहेको छ । पछिल्लो ताजा अपडेट अनुसार नेमकिपाका प्रेम सुवालले १५ हजार ३४, काँग्रेसका बाबुराजा जोशीले १० हजार ३ सय ९६ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै, भक्तपुर क्षेत्र नं १ को क प्रदेश सभामा एमालेको अग्रता कायमै रहेको छ । एमालेका हरिशरण लामिछानेले ८ हजार ३ सय ९५, काँग्रेसका जीवन खत्रीले ६ हजार १ सय १६ र नेमकिपाका निरज लवजुले ३ हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।

यस्तै, भक्तपुर क्षेत्र नं १ को ख प्रदेश सभामा नेमकिपाको अग्रता कायमै रहेको छ । नेमकिपाका सुरेन्द्रराज गोसाईले ११ हजार ३ सय ८३ र बामगठबन्धनका रोमन सिलाकारले ३ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । यस्तै, काँग्रेसका अनिल भुजुले २ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here