भक्तपुर जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने नवनिर्वार्चित बस्नेतको घोषणा

साथै भक्तपुलाई तीन नं प्रदेशको राजधानी बनाएर छाड्ने

0
376

भक्तपुर, २४ मंसिर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभामा एमालेका उम्मेदवार महेश बस्नेत फराकिलो मत अन्तरले विजयी भएका छन् । नेकपा एमालेका पुर्व मन्त्री तथा युवा नेता महेश बस्नेत पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् । बस्नेतले १७ हजार ७ सय २५ मतान्तरले विजयी भएका हुन् । बस्नेतले ३६ हजार ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत प्राप्त गरे ।

यस्तै, भक्तपुर क्षेत्र नं २ को क प्रदेश सभामा एमालेका शशीजंग थापा विजयी भएका छन् । थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४ सय मतान्तरले हराएका हुन् । एमालेका शसिजंग थापाले १९ हजार ५ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले ९ हजार १ सय १५ मा चित्त बुझाएका छन् ।

यसैगरी, भक्तपुर क्षेत्र नं २ को ख प्रदेश सभामा पनि एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई २ हजार ६ सय ९१ मतान्तरले हराएका हुन् । एमालेका राजेन्द्रमान श्रेष्ठले १४ हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गणेशमान चक्रधरले ११ हजार ५ सय ३८ मा चित्त बुझाएका छन् ।

बिजय पश्चात बिजेताको प्रमाणपत्र बुझ्दै उनीहरुले भक्तपुरको समग्र बिकासमा लाग्नेमा जोड दिए । प्रतिनिधिसभामा नवनिर्वार्चित बस्नेतले भक्तपुरका जनताको मतलाई सिरोधार्य गर्दै बिकास र सम्बृदी तर्फ लाग्दै अभियानको रुपमा अघि लैजाने बताए । उनले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने उद्घोष गदै जनताको शिर ठाडो बनाउने प्रयासमा लाग्ने नसके पनि शिर झुक्न नदिने बताए । प्रदेश क का बिजयी शशि जंग थापा र प्रदेश ख तर्फको बिजेता राजेन्द्रमान श्रेष्ठले भक्तपुलाई तीन नं प्रदेशको राजधानी बनाएर छाड्ने बताए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here