भक्तपुर : भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।
एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार कांग्रेस र एमाले समर्थकहरुबीच ढुंगा हानाहान हुँदा सर्वसाधारणका घरका सिसा फुटेका छन्। अहिले स्थिति नियन्त्रणमा आइसकेको भक्तपुर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनाकारी दिए। उनका अनुसार मतदान भने सुचारु भइरहेको छ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ का लागि वाम गठबन्धनकी उम्मेदवार अनुराधा थापामगर मतदान गरेकी छिन् । उनले मध्यपुर थिमि नगरपालिका २ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेकी हुन् ।