
भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीबाट बिजय भएका प्रेम सुवालले देश र जनताको पक्षमा आवाज उठाउने बताए । उनले निर्वार्चितको प्रमाणपत्र बुझे पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा स्वास्थ्य निःशुल्क र क्षमता अनुसारको रोजगारीको बिषय आफूहरुले जोडदारका साथ आवाज उठाउने बताए । भ्रष्टाचारमा संलग्न रहेकाहरुलाई मृत्यु दण्डको सजाय माग गर्नु पर्नेमा आफूहरुले आवाज उठाउने भन्दै उनले भने, सरकारमा जाने दलहरु कै संरक्षणमा भ्रष्टाचार हुने गरेकोउनको भनाई छ ।
त्यस्तै, क्षेत्र नं १ को क प्रदेशमा मादल चिन्हबाट बिजय भएका सुरेन्द्र राज गोसाँईले पाँच बर्षसम्म जनताको भावना त्यहाँ आफूले बोल्ने र शिर झुक्न नदिने बताए । उनले भने, तत्कालै कुनै परिवर्तनको आशा गर्न नसकिने सरकार बन्ने भएकाले समेत देश समृदि तर्फ गइहाल्छ भनेर भ्रम छर्न हुँदैन ।
त्यस्तै क्षेत्र नं १ को क प्रदेशमा सूर्य चिन्ह लिएर बिजय भएका एमालेका हरिशरण लामिछानेले चुनावको समयमा लिएर गएको घोषणा पत्रको आधारमा आफूले भूमिका निर्वाह गर्ने बताए । उनले आफ्नो क्षेत्रका मतदाताले दिएको मत खेर जान नदिने बताए ।