भूकम्प पीडितकाे नाममा माटाे दाेहन, के भन्छन्: वडाध्यक्ष?

0
474

ताथली, १८ माघ । विभिन्न ठाउँमा माटाे अाेसारपसार गर्ने गिराेहले भूकम्प पीडितलाई प्रयाेग गरि माटाे दाेहन गरिरहेका छन् । उनीहरूले भूकम्प पीडितलाई अावरणमा राखी भित्रभित्र भने माटाे अन्यत्रै लगिरहेका छन् ।

गिराेहले भूकम्प पीडितलाई घर बनाउन सम्याइदिने अाश्वासन दिएर माटाे अाेसारिरहेकाे ताथलीकाे बस्नेत टाेलका एक स्थानीयले भने । उनले नाम नबताउने सर्तमा भने, दुई महिनादेखि बिहान ४ बजेदेखि राती अबेरसम्म माटाे लगिरहेका छन्, यसले गर्दा खानेपानीकाे पाईपमा असर पुग्ने खतरा बढेकाे छ, बाटाे पनि ठाउँठाउँमा भत्किएका छन्, न माटाे लग्नेले ध्यान दिए, न भूकम्प पीडितकाे नाममा माटाे बेच्नेले ।

डाेजर लगाउँदै डाँडा सम्याउने र त्यहाँबाट निस्किएकाे माटाे जिल्लाका विभिन्न इँट्टा व्यवसायीले लगिरहेकाे स्थानीय बताउँछन् । चाँगुनारायण नपा ९ का वडाध्यक्ष गणेश त्यातले पनि भूकम्प पीडितकाे नाममा माटाे दाेहन बढेकाे स्वीकार्दै माटाे अाेसारपसार सम्बन्धी स्पष्ट नीति नहुँदा समस्या भएकाे बताए ।

उनले माटाे दाेहन र अाेसारपसारबारेमा विभिन्न गुनासाे तथा लिखित उजुरी समेत परेकाे बताउँदै माटाे अाेसारपसारबारे नीति बनाउने क्रममा वडा लागेकाे बताए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here