भृकुटीमण्डपमा औद्योगिक प्रर्दशनी

0
523

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा विहिबारदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी सुरु भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक कार्यक्रमका बीच प्रर्दशनीको उदघाटन गरेका हुन् । मेलामा स्वदेशमै उत्पादित सामग्रीहरु प्रर्दशन गरिएको मेला आयोजक समितिका संयोजक रविनकुमार श्रेष्ठले जानकारी दिए ।

मेलामा विभिन्न ब्रान्डको नेपाली जुत्ता, कपडाहरु प्रर्दशनी गरिएको छ । ६ दिनसम्म चल्ने प्रर्दशनीमा १ सय ३५ वटा स्टल रहेको छ । प्रर्दशनीमा एक लाख बढि अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here