भैरहवालाई ८ विकेटले हराउँदै विराटनगर फाइनलमा

0
424

एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सलाई  ८ विकेटले पराजित गर्दै  विराटनगर वारियर्स फाइनलमा प्रवेश गरेकाे छ।

टियू क्रिकेट मैदानमा  भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको विराटनगरको जितमा हङकङका बाबर हायात र अंशुमन रथले उत्कृष्ट खेल प्रदर्शन गरे।

बाबर र अंशुमनले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे। अर्धशतक बनाएर आउट भएका बाबरले ६२ रन जोडे। प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका बाबरले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। अंशुमन २६ रनमा अविजित रहे भने  कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ४२ रनको योगदान दिए। भैरहवाका हरीशंकर शाह र पुनित मेहेराले  १/१ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।खराब सुरुवात गरेको भैरहवाको सम्मानजनक स्कोरको लागि आरिफ शेख र पुनित मेहेराले सम्हालिएको प्रदर्शन गरेका थिए । १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भैरहवाका लागि शेख र मेहेराले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। शेख ४६ रनमा क्याच आउट भए। उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। मेहेरा ४९ रनमा आउट भए।

यस्तै भैरहवाका कप्तान शरद भेषवाकर ८ रनमा आउट हुँदा राहुल यादव ७, प्रथम सालुन्के ३ तथा भुपेन्द्र थापा २ रन बनाएर आउट भए।  विराटनगरका करण केसी र सहान अदिशाले समान २ – २ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान १ – १ विकेट लिए।

उपाधिको लागि विराटनगरले दोस्रो क्वालिफायर्सको विजेतासँग शनिबार खेल्नेछ। पराजित भैरहवाले पनि फाइनल प्रवेशको लागि दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ। भैरहवाले अब ललितपुर ग्लाडीयटर्स र पोखरा राइनोजबीचको पहिलो एलिमिनेटर विजेतासँग खेल्नेछ। दोस्रो एलिमिनेटरमा विजेता हुने टोलीले फाइनलमा विराटनगरसँग खेल्नेछ।

इपिएल विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here