भोको पेट भरेर सेनाले दिनरात नभनी बारामा गर्दैछ उद्धार

0
397

नेपाली सेना हावाहुरीका कारण पीडामा परेका बारा र पर्साका सर्वसाधारणको उद्धार र राहतमा जुटेको छ । नेपाली सेनाले हावाहुरीका कारण भत्किएका घरका भग्नावषेश हटाएर अस्थाई घर निर्माण गर्न थालेको छ ।

बस्ने स्थान समेत नभएका पीडितहरूलाई टेण्ट लगाइदिएर बासको व्यवस्था गरिदिएको छ । राहत नपुगेका र खान नपाएका पीडितहरूलाई नेपाली सेनाले खाने व्यवस्था पनि मिलाइदिएको छ ।

चैत १७ गतेको भीषण हावाहुरीले क्षति पु¥याएको बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ स्थित भलुही, भरवलिया र वडा नं. ६ स्थित पुरैनियामा नेपाली सेनाको चन्दननाथ गणबाट खट्टिएको टोलीले भत्किएका घर टहराहरूको व्यवस्थापन, राहत वितरण तथा त्रिपाल टाङ्ने कार्य गरिरहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here