मन्त्रिपरिषद् बैठक : तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम, गौरव तन्डुललाई रथी बढुवा

0
591

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन ।
आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न अस्थायी स्थान तोक्ने बताइएको थियो तर, त्यस्तो कुनै निर्णय भएन ।

प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।

आज बसेको बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए ।

नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथी बढुवा गरेको छ । साथै उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ । रथीमा बढुवा भएका तण्डुलले अब शान्ति सेनाको ‘यूएन फोर्स कमाण्डर’मा प्रतिस्पर्धा गर्नेछन् ।

मन्त्रिपरिषद् बैठकले प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय गरेको छ ।

साथै महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरेको छ भने पुनरावेदन समिति अध्यक्ष हेमराज पन्तलाई नियुक्त गरेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here