‘मलाई सनी लियोनीसँग दाँज्नु गलत हो’- अदिती बुढाथोकी

0
833

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।

केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी ुहटु नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो । भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो ? शुक्रवार ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेकी अदितीले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहन्छु ।

’ ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरे । अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’

डेब्यू फिल्म नै अनमोलसँग स्क्रिन शेयर गर्न पाउनु आफैंमा सबैभन्दा ठूलो सफलता हो । अनमोलसँग काम गरेका नायिकालाई आज नेपाली फिल्ममा सर्वाधिक व्यस्त र सफल नायिकाको हेरिन्छ ।

अदितीको काम धेरथोर ‘कृ’ ट्रेलरमा देखिएपनि फिल्म रिलिजपछि मात्र उनको आगामी फिल्मी करिअरको बाटो निर्धारण हुन्छ । तर, अनमोलसँग जोडी बाँधिएदेखि भने अदिती नेपाली मिडियामा खुब छाएकी छिन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here