कास्की । कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई प्रवेश गर्न नदिने भएको छ । ज्योति मगरको गतिविधिले नेपाली लोकसंस्कृतिमै विकृति ल्यायो भन्दै आयोजकले निषेध गर्ने निर्णय गरेको बताइएको छ ।
लेखनाथ डाँडाको नाकमा २ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताए ।
मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्।