माअोवादी नेतामाथि तीन राउण्ड गोली हान्ने सुटर पक्राउ

0
631

धनुषा । नेकपा माओवादी केन्द्रका नतामाथि गोली प्रहार गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । ०७३ फागुन १ गते सिरहा मिर्चैया २ बस्ने माओवादी नेता मो. लालुखालाई गोली प्रहार गर्न मुख्य सुटर धनुषाको कमला नगरपालिकाका २० वर्षीय सुनिलकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुन्धान शाखाका इन्चार्ज किस्मत भण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बिहिबार राति यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागि सिरहा प्रहरीलाई बुझाइने धनुषा प्रहरीले जनाएको छ । नेता खा लाई तीन राउण्ड गोली प्रहार भएको थियो ।

यस अघि माओवादी नेता खां लाई गोलि प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले विसुनदेव सहनि, विजय महतो र छोटकन ठाकुरलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएका थिए । मधेस राष्ट्र जनतान्त्रि पार्टीले गोली प्रहारको जिम्मा लिएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here