माघदेखि नेपालमै सिटामोल उत्पादन हुने

0
742

काठमाडौं । नेपाल औषधि लिमिटेडले माघ दोस्रो सातादेखि सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनको लागि ९० प्रतिशत भन्दा बढी काम सकिसकेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा। रोभसकुसम सुवेदीले बताएका छन् । सिटामोल उत्पादन इकाइ पुनर्निर्माणको लागि आवश्यक खरिद प्रक्रिया सम्पन्न गरी निर्माण अन्तिम चरणमा पुगेको महाप्रबन्धक डा सुवेदीले बताए ।

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिए बमोजिम नवीकरण गरेको छ । जसमा प्रयोगशालको भौतिक पूर्वाधारहरू विद्युत आपूर्ति, डिस्टिल वाटर सप्लाई, स्टाबिलिटी च्याम्बर आदि जडान गरिसकेको छ । २८ प्रकारका अत्याधुनिक विश्लेषणात्मक उपकरण एचपीएलसी, एफटिआइआर,स्पेक्ट्रेस्कोप लगायतका जडान भईसकेको छ ।

लिमिटेडमा गुणस्तर निगरानी शाखाको स्थापना भइ कामअघि बढेको महाप्रबन्धक डा। सुवेदीले बताए । प्रयोगशाला सञ्चालनको लागि आवश्यक जनशक्ति समेत नियुक्त गरिसकेको महाप्रबन्धक डा। सुवेदीले जानकारी दिए । विश्व स्वास्थ्य संगठनको मापदण्ड गुड म्यानुफ्याक्चरीङ प्राक्टिस  पूरा गर्नेतर्फ समेत प्रक्रिया अघि बढेको उनले बताए । सरकारले जिएमपी अनुसार पुन सञ्चालन गर्नको लागि १४ करोड ६५ लाख ऋण स्वरुप नेपाल औषधि लिमिटेडलाई दिने निर्णय गरेको थियो । त्यसअनुरुप ६ करोड ४८ लाख निकासा भइसकेको छ ।

०६७ सालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी लागु गरेदेखि नेपाल औषधि लिमिटेड बन्द भएको थियो भने गत बर्ष सरकारले पुनः सञ्चालनमा ल्याएको थियो । लिमिटेडले अहिले जीवनजल, ग्लिसिरिन तथा डिस्टिल्ड वाटरको उत्पादन गरिरहेको छ ।

नेपालआजबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here